६ कार्तिक २०८३, शुक्रबार

तराईमा शान्ति सुरक्षा कायम गर्न छाडेर महानिरीक्षक र एआईजीबीच मारामार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendrakanta-Aryalकाठमाडौं, ७ मंसिर । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका स्रोत व्यक्ति निमन्त्रणाको विषयलाई लिएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र एआईजी राजेन्द्रसिंह भण्डारीबीच मनमुटाव भएको छ ।

आफूखुसी प्रतिष्ठानमा विभिन्न व्यक्तिलाई स्रोत व्यक्तिमा बोलाइएको भन्दै प्रहरी महानिरीक्षक अर्यालले असन्तुष्टि जनाएको कान्तिपुर दैनिकले छापेको छ ।

उनले लिखित पत्र पठाउँदै एआईजी भण्डारीलाई पूर्वस्वीकृति लिन निर्देशन दिएका छन् ।

आईजीपीको निर्देशनले आफ्नो दैनिक कार्यसञ्चालनमा अंकुश लगाएको भन्दै भण्डारी रुष्ट छन् ।

महानिरीक्षक अर्यालले अपराध अनुसन्धान विभागका प्रमुख सुरेन्द्रबहादुर शाहललाई पनि पत्र लेख्दै संगठनका कतिपय योजनामा पूर्वस्वीकृति लिन भनेका छन् ।

विगत लामो समयदेखि एआईजीद्वय भण्डारी र शाहले प्रतिष्ठान र अनुसन्धान विभागमा प्रहरी संगठन भित्र र बाहिरका विभिन्न व्यक्तिलाई आमन्त्रण गरि प्रहरीको दक्षता र क्षमता अभिवृद्धि लागि विभिन्न तालिम सञ्चालन गर्दै आएका छन् ।