काठमाडौं, ६ मंसिर । एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बाबुराम भट्टराईको नयाँ शक्तिले अन्यौलता सृजना गरेको भन्दै त्यसले केही पनि गर्न नसक्ने ठोकुवा गरे ।
उनले भने,‘ बाबुराम भट्टराईले गल्ती गरे । क्रान्ति, देश, पार्टी र आफूमाथि नै हानी पुर्याएका छन । उनले गोरखा क्षेत्र नम्बर १का जनतामाथि विश्वास घात गरेका छन । नयाँ शक्तिले विकास गर्ने विश्वास छैन ।’ पाण्डेले मधेससहित थारुवान र मगरातको समस्या आयोगमार्फत हल गर्नु पर्ने भन्दै समस्या समाधान गर्न फाष्ट ट्रयाक विधी अपनाउनु पर्ने धारणा राखे ।
समस्या हल गर्नु पर्ने बेलामा सप्तरी घटना घटाएर सरकारले झनै संकट थपेको भन्दै उनले सबै गंभिर भएर समस्या समाधानमा तत्काल बार्तामा बस्नु पर्नेमा जोड दिए ।
उनले संविधान संसोधन मात्रै होईन सीमांकनसहित सबै विषयमा छलफल गरेर एकै पटक संबोधन हुनु पर्ने भन्दै औषधीको ट्रक र एम्बुलेन्समाथिको आक्रमणको विषयमा आन्दोलनकारीले सोच्नु पर्ने बताए ।













प्रतिक्रिया