२२ कार्तिक २०८३, आइतबार

‘तराईमा दुई प्रदेश कुनै पनि हालतमा हुँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Acharyaकाठमाडौ, ६ मंसिर । नेकपा एमालेका सचिव भीम आचार्यले सम्पूर्ण मधेसलाई दुई प्रदेश बनाउने मधेसी मोर्चाको माग कुनै पनि हालतमा पुरा नहुने भन्दै यो नेकपा एमालेको बटमलाईन भएको स्पष्ट पारेका छन ।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ तराईमा दुई प्रदेश कुनै पनि हालतमा हुँदैन, यो नेकपा एमालेको बटमलाईन हो । मधेसलाई पहाडसँग पुरै छुट्याउने काम पनि हुँदैन । दुई चार प्रतिसतले विदेशीको बुई चढेर मुलुकलाई ९५ प्रतिसत जनताको घाटी थिच्नेकाम कुनै पनि हालतमा सहिदैन ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा आचार्यले सरकारले धेरै आन्दोलनकारी शक्तिहरुसँग विगतमा सभ्झौता गरेको र ती सम्झौताहरुले एकले अर्कोको माग काटेको सबै माग लागु हुन नसक्ने ठोकुवा गर्दै मधेसी मोर्चासँग भएको ८ र २२ बुँदे सम्झौता सम्पूर्ण रुपमा लागु भईसकेको दावी गरे । उनले भने,‘मधेसमा एक वा दुई प्रदेश बनाउने भनेर सम्झौता भएको छैन । समग्र तराईलाई मधेस प्रदेश बनाउने हो भने चुरे भावरसँग गरेको सम्झौता के गर्ने ? जनतालाई भ्रममा पारेर आफ्नो माग पुरा गर्ने माग मानिदैन ।’
आचार्यले नेपाली काग्रेस नेतृत्वको सरकारले ब्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संसोधन प्रस्तावमा एमालेको समर्थन रहेको स्पष्ट पार्दै तर संविधान संसोधन भएपछि आन्दोलन रोकिनु पर्ने बताए ।

उनले भने,‘ संविधान संसोधन गरेपछि मधेस आन्दोलन रोकिनु पर्छ भन्ने पर्छ । संविधान संसोधन भएरपनि आन्दोलन रोकिएन भने सरकारले शक्ति प्रस्तुत गर्छ ।’

आचार्यले आन्दोलनकारीलाई भात खुवाउने, आफ्नो मान्छे आन्दोलनमा पठाउने छिमेकीको काम ठिक नभएको भन्दै अर्काको स्वार्थ पुरा गर्न संविधान संसोधन गर्न नसकिने स्पष्ट पारे ।

उनले सुनसरी मोरङ्ग र झापाका ९५ प्रतिसत जनताले अहिलेको एक नम्बर प्रदेशमा बस्न चाहेको दावी गर्दै दुई नम्बर प्रदेशमा हुनु पर्छ भन्नेहरु अहिले एक दुई सय कराई रहेपनि साच्चै दुई नम्ब प्रदेशमा राखे त्यसको विरुद्धमा दुई लाख जनता सडकमा आउने दावी गरे ।

आचार्यले सुनसरी मोरङ्ग र झापामा जनमत संग्रह गरे एक नम्बर प्रदेशका बस्ने गरी ९० प्रतिसत मत आउने दावी गर्दै त्यस्तो नभए आफूले राजनीति छाडिदिने घोषणा गरे । उनले भने,‘म १५ दिन गाँउ गाँउ घुमेर आएको छु । त्यहाँका मधेसी पहाडी कोही पनि दुई नम्बर प्रदेशमा जान चाहँदैनन । मधेसी बाहुल्य सुनसरीका दक्षिणी भेगका जनताहरुको मलाईअहिले पनि फोन आईरहेको छ । हामीलाई छुट्याउने कुरा हुँदैन भनेर ।’

यद्यपि उनले एउटा विषयमा जनमत संग्रह गर्दा भोली अन्य विषयमा पनि जनमत संग्रहको माग उठ्दा जातीय विभाजन हुने भएकोले त्यसको पक्षमा आफूहरु नरहेको स्पष्ट परो ।