२२ कार्तिक २०८३, आइतबार

भारतसँग नझुकी देशलाई आत्मनिर्भर बनाएरै छाड्ने प्रधानमन्त्री ओलीको उद्घोष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित नेपाल, सुखी र सम्पन्न नेपाली बनाउने अभियानमा जुट्न सबैसँग आग्रह गर्नुभएको छ ।

नागार्जुन नगरपालिका–९ रामकोटमा बद्रीनारायण धामको शिलान्यास तथा नारायण सत्सङ्ग भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘त्यसको अगुवाइ सरकारले गर्ने छ, प्रधानमन्त्रीको हैसियतले मैले अगुवाइ गर्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।’

आफूले मुलुकलाई शीघ्र र तीव्र विकासको बाटोमा लैजान चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको परिस्थितिभित्र रहेर गरिने सबै काम गरिनेछ, भारतसँग नझुकेरै देशलाई आत्मनिर्भर र स्वावलम्बन बनाउने बाटोमा मेरो ध्यान केन्द्रित रहेको छ ।’

ऋषिमुनि र विद्वान्का सन्तान, प्रकृतिले भरिपूर्ण उर्वर देशका जनता र मुलुक गरिब र पछाडि परेको छ भन्ने कुरा कहीँ कतैबाट पनि मिल्ने र सुहाउने कुरा होइन भन्दै उहाँले यो अवस्थालाई आफूले छिटोभन्दा छिटो बदल्न चाहेको उल्लेख गर्नुभयो । रासस