३० आश्विन २०८३, शुक्रबार

नेपाल-चीनबीच हुने भनिएको इन्धन सम्झौता रोकियो, नेपालीले अझै दुःख पाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-china-flagकाठमाडौं, ६ मंसिर । आइतबार हुने भनिएको नेपाल र चीनबीचको इन्धन आपूर्ति सम्बन्धि अन्तिम सम्झौता रोकिएको छ ।

सम्झौताका लागि नेपाल आयल निगमका उच्च अधिकारी शनिबार बेइजिङ जाने कार्यक्रम थियो । तर, दोहोरो करका विषयमा कुरा नमिल्दा नेपाली टोली गएन् । जसका कारण चीनसँग आज हुने भनिएको इन्धन सम्झौता रोकिएको हो ।

इन्धन ल्याउँदा लाग्ने कर छुट गर्न नेपालले गरेको प्रस्ताव चीनले अस्वीरका गरेको छ । कर छुट नदिएरै चीनबाट इन्धन ल्याउँदा मूल्य एकदमै मंहगो पर्छ । आयल निगम स्रोतका अनुसार दोहोरो कर हटाउने विषयमा चीन सकरात्मक नभएपछि इन्धन सम्झौता अलपत्र परेको हो । चीनले कर छुट दिएमा इन्धनको मूल्य प्रतिलिटर १३ रुपैयाँ मात्रै मंहगो पर्ने देखिन्छ ।

इन्धन सम्झौता वाणिज्य मन्त्रालयले खासै पहल नगरेको र ढिलासुस्ती गरिरहेको आयल निगमको आरोप छ । यसअघि राजधानीमा दुबै देशका अधिकारीबीच इन्धन व्यापार सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो ।

इन्धन व्यापार सम्झौतामा ढिलाई भएपछि देशभित्र झन संकट चुलिने भएको छ । जनता अझै अभावको मारमा पर्ने भएका छन् ।