२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीले किन बोलाए कांग्रेससहित सत्तारुढ दलहरूको आकस्मिक बैठक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-1काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र नाकाबन्दीबाट मुलुकलाई निकास दिन कांग्रेससहित सत्तारुढ दलहरूको बैठक आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बैठकमा भारतीय पक्षले नेपालविरुद्ध लगाएको नाकाबन्दीलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्नु हुनेछ ।

बैठकमा मधेसी मोर्चाले जारी राखेको तराई मधेसको आन्दोलन र थारु समुदायको संघर्षलगायतका विषयमा पनि परामर्श हुन सक्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

भारतीय नाकाबन्दीले नेपाली जनताले दुःख पाइरहेका बेला उचित बैकल्पीक व्यवस्था हुन नसकी रहेका बेला प्रधानमन्त्री ओलीको आलोचन पनि हुन थालेको छ ।

त्यसै गरी आन्दोलनरत मधेसी मोर्चाले अगाडि सारेका माग र विपक्षी दल कांग्रेसका अडानहरूका विषयमा पनि छलफल हुनेछ । बैठक बेलुका छ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम छ ।