काठमाडौं, ६ मंसिर । तिहार र छठ पर्वको विदापछि पहिलो पटक बस्न लागेको व्यवस्थापिका संसदको बैठक मधेसी र थारु सम्बद्ध दलहरुले अबरुद्ध गर्ने जनाएका छन् ।
मधेसी र थारुका मागलाई सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनमा रहेका मधेसी र थारु सांसदहरुले सदनको कामकारबाही अगाडि बढ्न नदिने जनाएका हुन् । उनीहरुले तराई मधेसको आन्दोलनमा राज्यतर्फबाट दमन भएको भन्दै विरोध जनाउँदै आएका छन् ।
यसअघि पनि संसद बैठक अवरोध गर्दै आएका मधेसी र थारुले सीमाङ्कन र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धाण गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् ।












प्रतिक्रिया