काठमाडौं, ६ मंसिर । गन्तव्यमा हिँडेका सवारी साधनलाई ढुङ्गा हान्ने क्रममा सप्तरी जिल्लामा प्रहरीको गोली लागेर दुई जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको छ ।
प्रहरीले सयौँ सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यतर्फ लैजाने क्रममा शनिबार मध्यराति मधेसी मोर्चाका कार्यकर्ताले भारदहमा अबरोध गरेका थिए । अबरोध खोल्ने क्रममा प्रहरीले चलाएको गोली लागेर ढुङ्गा हान्ने दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरी गाढा– ९ का वीरेन्द्र राम र जमुनी मध्यपुर– ७ का नागेश्वर यादवको गोली लागेर मृत्यु भएको मधेसी मोर्चाको भनाइ छ ।












प्रतिक्रिया