– सुमन घिमिरे
मोरङ, ५ मंसिर । पूर्वी तराईमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु अराजक रुपमा प्रस्तुत हुन थालेका छन् ।
नेपालीहरुको महान् चाड सकिए लगत्तै मधेसी मोर्चाका कार्यकर्ताहरु राजमार्ग केन्द्रित हुँदै आगजनी, कुटपिट र तोडफोडमा उत्रन थालेका हुन् । शुक्रबार मोरङमा अराजक मचाएका मधेसी मोर्चाका कार्यकर्ताले शनिबार छिमेकी सुनसरी जिल्लामा यस्तै उग्र रुपमा उत्रिएका छन् । मानवीय संबेदनशीलतालाई समेत ख्याल नगरी मधेसी मोर्चाका कार्यकर्ताहरु एम्बुलेन्समाथि निरन्तर आक्रमण गर्न थालेका छन् । यसैक्रममा शनिबार दिउँसो मोर्चाका कार्यकर्ताले सुनसरीको दुहबीमा गम्भीर बिरामी बोलेको एम्बुलेन्समा आक्रमण गरेका छन् ।
बिराटनगरबाट अक्सिजन लगाएर गम्भिर बिरामी बालेको को १ च ४६१५ नम्बरको एम्बुलेन्सलाई अराजक शैलीमा उत्रदै तोडफोड गरेका छन् । आक्रमणमा परी चालक आनन्द बिकको टाउको फुटेको छ । गम्भीर अवस्थामा उनको विराटनगरको सिटी अस्पतालमा उपचार भईरहेको छ । घाईते बिलले दैनिक नेपालसँग भने- यो हाम्रो एरियामा किन ल्याईस् अर्को बाटोबाट लैजान सक्दैनथिस् भन्दै एकैचोटी आक्रमण गरे, प्रहरीको सहयोगमा बाँच्न सफल भएको छु नत्र के गर्थे थाहा छैन् । मोर्चाका कार्यकर्ताले शुक्रबार पनि मोरङको रंगेलीबाट विराटनगर आउँदै गरेको को १ च ७३७९ नम्बरको एम्बुलेन्सलाई कटहरी– ४ मा आक्रमण गरेका थिए ।
यसैबीच एम्वुलेन्समाथि आक्रमण गर्ने मोर्चाका दुई जना कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य रन्जीत गोश्वामी र मुन्ना शाह रहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।














प्रतिक्रिया