२२ कार्तिक २०८३, आइतबार

‘रोटीबेटीको सम्बन्ध छ भन्ने छोरीको घरमा चुल्हो निभ्दा खै ग्यास पठाएको ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal

धनगढी, ५ मंसिर । उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलले संयुक्त राष्ट्रसंघले मात्र होइन अघोषित नाकाबन्दी खोल्नका लागि संसारका सबै सभ्य मुलुकले भारतलाई दबाब दिनुपर्ने बताउनु भएको छ ।

नेकपा (एमाले) कैलालीले आयोजना गरेको नेपालको संविधान आगामी कार्यभार विषयक कार्यकर्ता भेलामा वोल्दै उहाँले भुपेरिवेष्ठित मुलुकले अन्तराष्ट्रिय कानून र प्रचलन अनुसार नेपालले भारतको मात्र होइन, चीनको नाका समेत प्रयोग गर्न पाउने बताउनु भएको छ । ‘भुपेरिवेष्ठित मुलुकले पाउने अधिकार हामी दुईवटै मुलुकबाट लिन्छौ,’ उहाँले भन्नुभयो– ‘भारतसंग राजनीतिक, कुटनीतिक, औपचारिक र अनौपचारिक छलफल भइरहेका छन ।’

एमालेका केन्द्रीय उपाध्यक्ष समेत रहेका रावलले एमाले थारु लगायतका पछाडि परेका समूदायलाई विशेष अधिकार दिन तयार भएको चर्चा गर्दे सम्पूर्ण पक्षले संविधान पढेर मात्र सर्मथन र विरोध गर्नुपर्ने बताउनुभयो ।

समानुपातिक प्रतिनिधित्वको व्यवस्था हट्यो, मधेसीले नागरिकता पाउदैनन् भनेर संविधानको विरोध गर्नेहरुले कि संविधान पढेका छैनन्, कि पढेर पनि वुझ्दैनन् कि त अराजकता फैलाउन नबुझेको नाटक गर्छन् उहाँको टिप्पणी थियो ।

‘देशको माया हुनेले संविधानमा केही त्रुटी भए सच्चाउने पहल गर्नुपर्छ तर संविधानमा केही समस्या छ भन्दै देशै टुक्राउछु भन्न मिल्दैन । संविधानका केही धारा र संघीय सीमाहरु परिवर्तन गर्न सकिन्छ’ उपप्रधानमन्त्री रावलले भन्नुभयो– ‘पहिले यसको प्रयोग गरौ त्यसपछिको अनुभवका आधारमा छलफल गरौला ।’ तराइलाई पहाडबाट अलग्याउन खोज्ने प्रयास नेपालको अस्तित्व नष्ट गर्ने षड्यन्त्र भएको चर्चा उहाँले गर्नुभयो ।

‘रोटीबेटीको सम्बन्ध छ भन्ने अहिले छोरीको घरमा चुल्हो बल्न छोड्दा खै त ग्यास पठाएको ?’ उहाँले भन्नुभयो– ‘नेपालीले दुःख सहन्छन तर कुनैपनि दबाब सहन सक्दैनन् ।’ जातका कुरा गर्नेहरु लोकतान्त्रिक होइन फासीबादी हुन । नेपाल सवै जातजाति धर्म, भाषा, संस्कृति र समूदायको वसोवास भएको मुलुक भएको उहाँको भनाई छ ।

एक फरक प्रसंगमा उहाँले अव पेट्रोलियम पद्धार्थको अन्वेषण गर्न ल्याइएका खिया लागेर थन्काइएका मेशिनरी सामाग्रीहरु अव टलक्क पारेर अन्वेषण गर्ने बताउनुभयो ।

उहाँले चैतमा नगर र गाउँको चुनाव गर्ने सरकारको सोच भएकोले पार्टीलाई जिताउन एक ढिक्का भएर लाग्न एमाले कार्यकर्तालाई निर्देशन दिनुभयो । अहिले अखण्ड सुदूरपश्चिम मात्र होइन अखण्ड नेपाल कायम राख्ने जन दवाव पनि आवश्यक भएकोले सुदूरपश्चिमवासीबाट त्यो अभियान थाल्न पनि एमाले कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा वोल्दै एमाले केन्द्रीय सदस्य तथा सभासद गरिमा शाहले अघोषित नाकावन्दी गर्ने भारतका विरुद्ध नेपाली जनताले पनि अघोषित रुपमा भारतिय सामानहरु वहिष्कार गरेर आत्मनिर्भर वन्नु पर्ने वताउनुभयो । उहाँले भारतको भात खाएर नेपालमा ढुंगा हान्नेलाई जनस्तरबाट वहिस्कार गर्नुपर्ने वताउनभयो ।

एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य महेश्वर पाठक, पूर्व सांसदद्धय पार्वती चौधरी, नारदमुनी राना, हनुमान चौधरीलगायतले वोल्नु भएको थियो ।