२२ कार्तिक २०८३, आइतबार

सरकारलाई मधेसी मोर्चाले दियो चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ५ कात्तिक । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई कडा चेतावनी दिएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न भन्दै यो क्रम नरोकिए जनता प्रतिकारमा उत्रिने चेतावनी दिएको हो ।

मोर्चाका नेताद्धय उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र महेन्द्ररायद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘सरकराले शान्तिपूर्ण धर्ना, जुलुश र विरोधका अन्य कार्यक्रममा तत्काल प्रहरी दमन बन्द गरी गिरफ्तार गरिएका मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई तुरुन्त रिहा गरिनुपर्दछ । अन्यथा जनता प्रतिकारमा उत्रिए त्यसबाट उत्पन्न हुने गम्भीर परिणामप्रति सरकार स्वयं जिम्मेवार हुनेछ ।’

मोर्चाले शनिबारै सुनसरीको दुबहीमा मोर्चाको शान्तिपूर्ण कार्यक्रममा सरकारको निर्देशनमा जनपद तथा सशस्त्र प्रहरीले लाठी चार्ज, अश्रु ग्यास र गोली प्रहार गरेको चरम दमनकारी कार्यको मोर्चा घोर विरोध एवं भत्र्सना गरेको छ ।

‘मोर्चाको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले अन्धाधुन्ध गोली र लाठी प्रहार गरी दर्जनौं आम जनता र आन्दोलनकारीलाई गम्भीर घाइते बनाएको छ । जसमा आन्दोलनका संयोजक मुन्ना साह र संघीय समाजवादी फोरम युवा नेता रञ्जीत गोस्वामीलाई गम्भीर घाइते बनाइएको छ । घाइते अवस्थामै प्रहरीले साह र गोस्वामीलाई गिरफ्तार गरेपछि उहाँहरुको अवस्था अहिले अज्ञात छ । यसका साथै, प्रहरीले स्थानीयबासीको घरघरमा पसेर कुटपिट समेत गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ मधेसी मोर्चाद्धारा जारी विज्ञप्तिः

mansir 5