जुम्ला, ५ मंसिर । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बोलेका कुरालाई आफैँ लत्याएको बताउनुभएको छ ।
एमाले जुम्लाले शुक्रबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेपालले सो कुरा बताउनुभएको हो ।
नेता नेपालले नेपालको व्यवस्थापिक–संसदमा बुद्ध, जानकी र सगरमाथाको देशसँगको लामो मित्रता छ भनी व्याख्या गरेका भारतीय नेताले अहिले अघोषित नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिएको बताउनुभयो ।
उहाँले नाकाबन्दी अहिलेको प्रमुख चुनौती भएकाले यसको समाधानलाई वर्तमान सरकारले पहिलो प्रथामिकता दिनुपर्ने बताउनुभयो ।
कर्णालीको पानी, जडीबुटी, खाद्यान्न र मौलिक संस्कृतिलाई उपयोग गरी अधिकतम फाइदा लिन पनि उहाँले कर्णालीवासीसँग आग्रह गर्नुभयो । रासस












प्रतिक्रिया