२२ कार्तिक २०८३, आइतबार

विपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दलहरुसँग छलफल गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meeting

काठमाडौं, ५ मंसिर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था, थारु र मधेसीका मागलगायतका विषयमा आज सत्तारुढ दलहरुसँग छलफल गर्दैछ ।

हदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा अहिले केही समयपछि बस्ने बैठकमा मधेसी र थारु आन्दोलनकारीका मागका विषयमा छलफल हुनेछ । छलफलमा मुलुकमा जनताले भोगिरहेको नाकाबन्दीको समस्याका विषयमा पनि छलफल हुनेछ ।

बैठकमा संसदमा कांग्रेस नेतृत्वको सरकारका पालामा दर्ता भएको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी विधेयक पारित गराउने विषयमा पनि छलफल हुनेछ ।

कांग्रेसले भूकम्पबाट क्षति भएको पुनःनिर्माणका लागि गठन हुन लागेको पुनःनिर्माण विधेयकमा पनि आफूलाई साथ दिन सत्तारुढ दलहरुसँग आग्रह गर्नेछ ।

कांग्रेसले पुनःनिर्माण प्राधिकरणमा आफैले नियुक्त गरेका कार्यकारी निर्देशक गोविन्दराज पोखरेललाई निरन्तरता दिन माग गर्दै आएको छ ।

उसले आफ्नै सरकारका पालमा संसदमा दर्ता भएको विधेयकलाई नै अगाडि बढाइ भूकम्पबाट क्षति भएका जिल्लाहरुको पुनःनिर्माण गर्नुपर्ने जनाउँदै आएको छ ।

संसदको बैठक भोलिदेखि सुरु हुँदैछ । बैठक सुरु हुनुअगावै कांग्रेसले मुलुकलाई निकास दिन आफ्नै नेतृत्वमा राजनीतिक पहल थालेको हो ।