६ कार्तिक २०८३, शुक्रबार

एमालेलाई झुक्याएर प्रचण्डद्धारा धमाधम वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahal-&-K-P-Oliकाठमाडौं, ५ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार, प्रमुख प्रतिपक्ष र तराई–मधेसमा आन्दोलनरत दलहरूबीचको वार्ताको प्रयासलाई जारी राखेका छन् ।

औपचारिक वार्ताको वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका प्रचण्डले शुक्रबार प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँग टेलिफोन संवाद गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रचण्डले कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग टेलिफोन संवाद गरेका थिए ।

प्रचण्डले पौडेल र यादवलाई समस्या समाधानका लागि गम्भीर भइदिन आग्रह गरेका थिए ।

‘सहमतिका लागि अध्यक्ष प्रचण्ड अनौपचारिक संवादमा हुनुहुन्छ,’ उनका सहयोगी शिव खकुरेलले भने, ‘आज (शुक्रबार) कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल र तमसपाका अध्यक्ष महेन्द्र राय यादवसँग टेलिफोन संवाद गर्नुभयो ।’

टेलिफोन संवादमा पौडेलले समस्या समाधानका लागि कांग्रेसले पनि पहल थालेको जानकारी दिएका थिए ।

प्रचण्ड र पौडेलबीचको संवादपछि शनिबार बिहान सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच वार्ता हुने भएको छ ।

स्रोतका अनुसार सत्तापक्ष र प्रतिपक्ष कांग्रेसको साझा धारणा बनाएर मात्रै मधेसी मोर्चासँग वार्तामा बस्नेमा दुवै पक्ष सहमत भएका छन् ।