काठमाडौं, ५ मंसिर । मधेसमा आन्दोलन भएको ठ्याक्कै सय दिन भयो । मानव साङ्लो वा विभिन्न जातीय संगठनका नाममा भएका प्रदर्शनमा प्रमुख ३ दल कांग्रेस, एमाले र एमाओवादी समर्थकका साथै कार्यकर्ताले पनि सहभागिता जनाए ।
ठूला दलका विभिन्न भ्रातृ तथा पेसागत पदाधिकारीले पनि आन्दोलनमा कुनै न कुनै रूपमा उपस्थिति जनाएको कान्तिपुर दैनिकले छापेको छ ।
कार्यकर्ताको सहभागितामा आँखा चिम्लिँदै आएका जिल्लास्तरका नेतालाई भने लम्बिँदो आन्दोलन र त्यसमा भइरहेको जनसहभागिताले दबाब थेग्न समस्या परिरहेको छ ।
दसैं, तिहार र छठ सकिएसँगै मधेसमा फेरि आन्दोलनले गति लिन थाल्दा जिल्लास्तरका नेताहरू असहज महसुस गरिरहेका छन् ।
कार्यकर्ताको सहभागिता भए पनि उनीहरू समर्थन वा विपक्षमा निस्किएका छैनन् । तीन महिनायता आफूहरूको राजनीतिक यात्रा जस्तो भएको एमालेका एक जिल्लास्तरीय मधेसी नेताले सुनाए ।
कांग्रेसका एक सक्रिय जिल्ला नेता भन्छन्, ‘हामी मधेसमा कति समस्या झेलेर बसेका छौं भन्ने केन्द्रका नेताले बुझदैनन् ।’
मधेस आन्दोलन र त्यसको मागबारे केन्द्रीय नेताहरूलाई कुरा गर्दा र बुझाउन खोज्दा उनीहरूले शंकाको नजरले हेर्न थालेको उनको गुनासो छ ।















प्रतिक्रिया