६ कार्तिक २०८३, शुक्रबार

सांसद साहलाई कालो मोसो दल्ने को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Haricharan Sahaकाठमाडौं, ४ मंसिर । नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष एवं सांसद हरिचण साहलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कालोमोसो दली उनी चढेको गाडी तोडफोड गरिदिएका छन् ।

सदरमुकाम गौरको रेडियो संस्कृतिका मधेस बहस भन्ने कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किंदै गर्दा एफएम परिसर बाहिर ढुकेर बसेका मोर्चा कार्यकर्ताले सांसद साहलाई नियन्त्रणमा लिई आक्रमण गरेका हुन् ।

उनी चढेको बा ५च ३८४४ नम्बरको गाडी मोर्चा कार्यकर्ताले फुटाएका छन् ।

जानकारी पाउनासाथ घटनास्थल प्रहरी घटनास्थल पुगेको नागरिक दैनिकले समाचार छापेको छ ।

त्योभन्दा अगाडि नै आक्रमणमा संलग्न मोर्चा कार्यकर्ता भागिसकेको प्रत्यक्षदर्शीले बताए ।