काठमाडौ, ३ मंसिर । नेपाली काग्रेसका नेता रमेश लेखकले अहिले बनेको सात प्रदेशको सीमा एक ईन्च पनि फेरबदल नहुने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले अघिल्लो सरकारले पेश गरेको संविधान संसोधन विद्येयक अगाडि बढाए धेरै समस्या समाधान हुने भन्दै सीमांकनमा फेर बल गर्न नसकिने बताए ।
लेखकले भने,‘दोस्रो संविधान सभाले जातीय राज्य हुँदैन भनेर निर्णय गरेपछि सात प्रदेश बनाएका हौ । नेपाली काग्रेसले जातीय राज्य कहिल्यै मान्दैन । ९० प्रतिसत जनप्रतिनिधिले सर्वसम्मतिले बनाएको सीमांकनमा पाँच जिल्लालाई विवादित भन्ने हो भने कैलाली, कञ्चनपुर, सुनसरी, मोरङ्ग र झापमा जनमत संग्रह गर्नुपर्छ ।’
लेखकले कैलालीमा थारुको बस्ती छ भन्दैमा कैलाली टुक्राउने कुरा कुनै पनि हालतमा नमान्ने भन्दै बर्दिया, बाँकेका पहाडै थारुहरुसँग मिलेर बस्न हुने अनि कैलालीका थारुलाई पहाडेसँग मिलेर बस्न किन नहुने भनि प्रश्न गरे ।
उनले कैलाली र कञ्चनपुर ईतिहासमा कहिल्यै पनि थरुहट र मधेसको भूमि नभएको दावी गर्दै भने, ‘त्यो क्षेत्र पहिला सिंजा राज्यमा थियो, त्यसपछि डोटी राज्यमा थियो, डोटी राज्यबाटै नेपालमा एकीकरण भयो ।’
लेखकले कैलाली र कञ्चनपुरमा कुनै पनि हालतमा पुर्नविचार नहुने भन्दै कैलाली र कञ्चनपुरलाई च्यात्ने काम भयो भने नेपालको ईतिहासमा अहिलेसम्म नभएको आन्दोलन हुने चेतावनी दिए ।













प्रतिक्रिया