– विमल योगी
काठमाडौं, ३ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक भर्खरै सकिएको छ । बैठकले अहिलेको अवस्थालाई मध्यनजर गर्दै सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
संघीय समाजवादी फोरम लोकतान्त्रिक नेपालको संसदीय दलको कार्यालयमा विहानैदेखि बसेको मोर्चाको बैठकले विराटनगर नाकाबाट औषधि र अक्सिजन, स्वास्थ्य सम्बन्धी उपकरण ल्याउनमा सहयोग गर्ने र विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको सदभावना पार्टीका महासचिव मनीष सूमनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘विरामीको स्वास्थ्य अवस्था र मानवताका नाताले औषधि, अक्सीजन लगायत स्वास्थ्य सम्बन्धी उपकरण ल्याउन सरकारलाई सहयोग गर्ने निर्णय गरेका छौं । त्यसका लागि दिनभरी विराटनगर नाका खुला हुनेछ । नेपाल भित्र्याउन सहयोग गर्छाै ।’
उहाँका मोर्चाले विहानीको समयमा विद्यालय खुल्न दिने निर्णय समेत गरेको छ । विद्यार्थीको भविष्यलाई हेरेर विद्यालय खोल्ने निर्णयमा पुगेको महासचिव सूमनले बताउनुभयो ।
यस्तै, मधेसी मोर्चाले मधेस आन्दोलनप्रति एमाओवादी, एमाले र कांग्रेस जिम्मेवार नबनेको ठहर गरेको छ ।
यस्तो छ मधेसी मोर्चाले जारी गरेको विज्ञप्तिः














प्रतिक्रिया