काठमाडौं, ३ मंसिर । ग्यासको विकल्पमा दुई तीन दिनभित्रै मट्टितेल बाँडिने मन्त्रालयले जनाएको छ ।
मन्त्री गणेशमान पुनका अनुसार निगमले आफूसँग भएको मौज्दातको मट्टितेल वितरण गर्नेछ ।
मन्त्रालयका अनुसार निगमको विभिन्न डिपोमा करिब १० लाख लिटर मट्टितेल मौज्दात रहेको कान्तिपुर दैनिकले छापेको छ ।
मन्त्रालयका अनुसार उपत्यकामा रहेका अधिकांश डिपोबाट मट्टितेल वितरण गरिन्छ ।
नाकाबन्दीका कारण ग्यास बुलेटहरु नेपाल भित्रिन नसक्दा उपत्यका लगायत अन्य क्षेत्रमा ग्यासको चरम अभाव भएको छ ।
ग्यास पाउन छाडेपछि उपभोक्ताले दाउरा बालेर दैनिकी गुजारिरहेका छन् ।















प्रतिक्रिया