काठमाडौं, २ मंसिर । नेपालका बालबालिकाको सेवामा खटिएकी अमेरिकी युवती म्यागी डोयनले यस वर्षको सिएनएन हिरोको उपाधि जितेकी छिन् ।
मंगलबार अमेरिकाको न्यूयोर्कमा आयोजित समारोहमा म्यागीलाई ‘सिएनएन हिरो २०१५’को विजेता घोषणा गरिएको हो । १० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको आधारमा म्यागीलाई विजेता घोषणा गरिएको हो ।
उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट १० मा परे वापत हरेकले पाउने थप १० हजार डलर पाउने छिन् । नेपालबाट यसअघि अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो भइसकेका छन् ।
उनले नेपालमा बसेर विभिन्न कारणले बाआमा गुमाएका अनाथ बालबालिकालाई खोजेर पालनपोषण र शिक्षादिक्षा दिँदै आएकी छिन् । सुर्खेत, वीरेन्द्रनगर, भैरवस्थानमा उनले कोपिला भ्याली सेवा समाजको नाममा विद्यालय चलाएकी छिन् ।
सीएनएन हिरो २०१५ घोषित भएपछि उनले छोरीको रुपमा नेपाल र नेपालीले आफूलाई स्वीकारेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिइन् ।
हेर्नुस् भिडियोः












प्रतिक्रिया