२२ कार्तिक २०८३, आइतबार

मधेसी मोर्चासँग कहाँ हुँदैछ वार्ता ? मलाई थाहै छैन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २ मंसिर । सत्तारुढ दल, विपक्षी दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्तालाई लिएर मधेसी मोर्चाका नेताहरुले अनभिज्ञता जनाएका छन् ।

उनीहरुले वार्ता हुने जानकारी आफूहरुले सञ्चारमाध्यमबाट थाहा पाए पनि कहाँ कति बेला वार्ता हुने हो सो विषयमा जानकारी नआएका टिप्पणी गरे ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पत्रपत्रिकाहरुबाट आज वार्ता हुने आफूले पनि सुनेको प्रतिक्रिया दिनुभयो । ‘मैले पनि आज निर्णायक वार्ता हुने भन्ने सुनेको छु’, उहाँले भन्नुभयो, ‘खै सत्तारुढ दलहरुका तर्फबाट अहिलेसम्म जानकारी आएको छैन ।’

वीरगञ्जमा रहनुभएका कर्णले वार्ताका लागि बोलावट भए आफू जति बेला पनि काठमाडौं आउने उल्लेख गर्नुभयो ।

सद्भावना पार्टीका महासचिव मनीष सुमनले पनि वार्ताका विषयमा सुने पनि सो विषयमा आफूलाई पनि थाहा नभएको बताउनुभयो ।

उता, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खड्काले आजै बेलुका सम्म वार्ता हुने दाबी गर्नुभयो ।

वार्ताको तयारी भइरहेको बताउनुभएका उहाँले भन्नुभयो, ‘पहिला हामी पार्टीहरुबीच छलफल गर्ने छौँ । त्यसपछि कांग्रेससँगको छलफलपछि मात्रै मधेसी मोर्चासँग वार्ता गर्ने तयारी गरेका छौँ ।’

दाहालका स्वकीय सचिव खड्काका अनुसार चार बजेपछि राजधानीमा वार्ताको तयारी भइरहेको छ ।

सद्भावना पार्टीका सहअध्यक्ष कर्णबाहेक मधेसी मोर्चाका अन्य शीर्ष नेताहरु राजधानीमै छन् । उनीहरु वार्तामा सत्तारुढ दलहरुले कति बेला बोलाउँछन् भनेर कुरेर बसेको स्रोतको भनाइ छ ।