काठमाडौं, २ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीहरुको बैठक बोलाएको छ ।
अहिले केही समयपछि सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नाकाबन्दीबाट जनताले पाएको दुःखकष्ट र मधेसी मोर्चासँग हुने भनिएको निर्णायक वार्ताका विषयमा छलफल हुनेछ ।
बैठकमा मधेसी मोर्चासँगको वार्ताका लागि सत्तारुढ दलहरुले तयार पारेको प्रस्तावमा पनि छलफल हुने बुझिएको छ ।
नेपाली कांग्रेसले आन्दोलनरत मधेसी मोर्चा र अन्य समूहका मागलाई सम्बोधन गर्नका लागि आफूले पनि समाधानका लागि पहल गर्दै आएको छ ।
लामो समयको भारतीय नाकाबन्दी र मधेसी मोर्चाको आमहड्तालले गर्दा नेपाली जनताले सास्ती बेहोर्नु परेको छ ।












प्रतिक्रिया