२२ कार्तिक २०८३, आइतबार

बाबुरामले भने- चीनले नेपालमा केही गर्न सक्दैन्, भारतसँग सम्बन्ध सुधार गर्नुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiकाठमाडौं, १ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनले नेपालमा केही गर्न नसक्ने र भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने सल्लाह चीनका पूर्वप्रधानमन्त्री वेन जियाबाओले दिएको दाबी गरेका छन् ।

भारतीय समाचार संस्था सीएनएन-आइबिएनको अन्तर्वार्तामा बाबुरामले चीनले नेपालमा केही गर्न नसकिने र यसका लागि नेपालले भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने सुझाव दिएको दाबी गरेका हुन् ।

सीएनएन-आईबिएनकी पत्रकार एवं बैदेशिक मामला सम्पादक आँचल भोरासँगको अन्तर्वार्तामा बाबुरामले भने-‘प्रधानमन्त्री वेन जियाबाओले मलाई भनेका थिए : चीनले खासै केही गर्न सक्दैन, भारतसँग सम्बन्ध सुधार गर ।’

पत्रकार भोराले बाबुरामले भनेको कुरालाई ट्वीटरबाट टुइट गर्दै सार्वजनिक गरेकी हुन् । चीनमा वेन जियाबाओ प्रधानमन्त्री हुँदा त्यो बेला बाबुराम भट्टराई नेपालका प्रधानमन्त्री थिए ।

उक्त अन्तर्वार्ता छिट्टै प्रशारण हुँदैछ । नेपालमाथि भारतले नाकाबन्दी लगाइरहेका बेला बाबुरामले चीन र नेपाललाई घाटा हुनेगरी भारतको पक्षमा यस्तो दाबी गरेका हुन् ।

यस्तो छ पत्रकार आँचल भोराको ट्वीट्: 

Baburam-Bhattrai