काठमाडौं, १८ असार । नेकपा एमालेको नवौं महाधिवेशनका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज उम्मेदवारी घोषणा गर्न सकेन । अध्यक्ष झलनाथ खनाल निकटका केही व्यक्तिलाई पनि पदाधिकारीमा अटाउनु पर्ने भएकाले टीम घोषणा हुन नसकेको बुझिएको छ ।
आज काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रम गरी नेता नेपालको टिम घोषणा टीम घोषणा गर्ने तयारी थियो । अध्यक्षमा नेता नेपालको उम्मेदवारी यसअघि नै घोषणा भइसकेको छ ।
उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य र घनश्याम भुसाल लड्ने भएका छन् ।
यसैगरी, महासचिवमा सुरेन्द्र पाण्डेको टुंगो लागेको छ ।
यसैगरी, उपमहासचिवमा चर्चित युवा नेता गोकर्ण विष्ट र रघुजी पन्तको करिब करिब टुंगो लागेको छ । यद्यपि विष्ट स्वयम् सचिव लड्न इच्छुक छन् ।
यसैगरी, सचिवमा योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, भीम आचार्य र परशुराम मेघी गुरुङ लगायत लड्दैछन् । टिमलाई अन्तिम रुप दिन अहिले पनि छलफल जारी छ ।
छलफल सकिए लगत्तै टिम घोषणा हुने बताइएको छ ।
















प्रतिक्रिया