२२ कार्तिक २०८३, आइतबार

तराई मधेसको सीमाङ्कन अवैज्ञानिक र मधेसीको भावना विपरित : सत्यनारायण मण्डल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Satyanarayan-Mandalकाठमाडौं, १ मंसिर । मधेसी मोर्चाले तराईमा माग गरेको संघीय प्रदेशको सीमाङ्कन अव्यावहारिक र अवैज्ञानिक रहेको भन्दै एमालेका नेता एवम् युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आक्रोश व्यक्त गर्नुभएको छ ।

खेलकुदमन्त्री मण्डलले तराई मधेसमा अहिले बनाइएको सीमाङ्कन मधेसी जनताको भावना विपरित रहेको दाबी गर्नुभयो ।

‘तराई मधेसमा संघीय राज्यको सीमाङ्कन गर्दा हिमाल, पहाड र तराईलाई जोडेर बनाइनुपर्छ’, उहाँले भन्नुभयो, ‘अहिलेको सीमाङ्कन अव्यावहारिक र अवैधाज्ञानिक छ । मधेसी मोर्चाले अघि सारेको सीमाङ्कन जायज छैन ।’

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मण्डलले तराई मधेसमा गरिएको अवैज्ञानिक र अव्यावहारिक सीमाङ्कन टिकाउ नहुने दाबी गर्नुभयो । उहाँले सबै क्षेत्रलाई मिलाएर सीमाङ्कन गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

यसैबीच खेलकुदमन्त्री मण्डलले एन्फाद्वारा निलम्बनमा परेका गणेश थापालाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले फुटबल खेललाई लिएर मुलुकको नाम बदनाम गर्ने थापालाई कानुनमा रहेको व्यवस्था बुझेर कारबाही गर्ने बताउनुभयो ।

‘यो विषय नेपालको प्रतिष्ठासँग जोडिएको छ’, उहाँले भन्नुभयो, ‘यसले मुलुकको प्रतिष्ठा र फुटबललाई निकै तल पुराएको छ । यो घटनाले नेपाल र नेपालीको मानमर्दन गरेको छ ।’