२२ कार्तिक २०८३, आइतबार

तराईमा दुई प्रदेश दिँदा देश टुक्रिन्छ भन्नु पहाडी राष्ट्रवाद, मधेसीप्रति ओली कठोर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimalendra-NIdhiकाठमाडौं, १ मंसिर । पूर्वमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली मधेस र मधेसी जनताप्रति अत्यन्तै कठोर रहेको आरोप लगाउनुभएको छ ।

उहाँले प्रधानमन्त्री ओलीले दिने अभिव्यक्ति मधेस र मधेसी जनताविरुद्ध अत्यन्तै कठोर हुने गरेको टिप्पणी गर्नुभयो ।

‘एमाले तराई मधेसको विषयमा अलि कठोर छ’, आज (मंगलबार) बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता निधीले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओलीपनि तराईप्रति कठोर हुनुहुन्छ । उदार हुनुहुन्न् ।’

तराई मधेसमा दुई प्रदेश दिनुपर्ने कांग्रेस नेता निधीको भनाइ छ । उहाँले भन्नुभयो, ‘तराई मधेसमा दुई प्रदेश दिँदा उचित हुन्छ । त्यसले राष्ट्रिय र राष्ट्रियतालाई खतरा हुँदैन ।’

तराईलाई मात्रै छुट्याएर संघीयताको सीमाङ्कन गर्दा मुलुक टुक्रिन्छ भन्ने आरोपको नेता निधीले खण्डन गर्नुभयो । ‘तराई मात्रै संघीय प्रदेश दिँदा देश टुक्रिन्छ भन्नु पहाडी राष्ट्रवाद हो ।’

उहाँले मधेसी जनता पनि नेपाली नै रहेको भन्दै मधेसमा उठेका मागलाई सम्बोधन गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।