– सुशील खड्का
सुर्खेत, ३० कात्तिक । मधेसमा जारी आन्दोलन मधेसी जनताको भावना विपरित भएको नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् । नेकपा एमाले सुर्खेतद्वारा आयोजित अगुवा कार्यकर्ता भेटभाट कार्यक्रममा बोल्दै नेता नेपालले मधेस केन्द्रीत दलहरुले आफ्नो स्वार्थका निमित्त आन्दोलनका नाममा उदण्ड मच्चाइरहेको आरोप लगाए ।
नेपालको नयाँ संविधान विश्वका दुई सय देश भन्दा उत्कृष्ट भएको बताउँदै उनले संविधानको गलत अवव्याख्या गर्दै मधेसी मोर्चाले जनतालाई सास्ती दिइरहेको उल्लेख गरे । तराईका विभिन्न जिल्लाहरुमा संविधान माथि उठेका नकरात्मक टिकाटिप्पणी मेटाउदै देश दौडाहमा हिडेका नेता नेपालले नयाँ संविधानले जातजाती, भाषाभाषी, धर्म, संस्कृती लगायत सवै पक्षको प्रतिनिधित्व गरेको बताए । ‘संविधानको कुन भाग, धारा वा वुदामा गलत छ, किटानी गरेर भन्नुहोस्’ नेता नेपालले भने, ‘संविधानको शाव्दिक अर्थ नबुझेर नागरिकमा भ्रम छर्दै मोर्चाले जनतालाई तड्पाउने कार्य गरेको छ ।’
उनले तराईका विभिन्न जिल्लाका जनतासँग भेट्दा मोर्चा सम्वन्ध दलहरुसँग उनीहरुको सहभागिता नभएको पाएको बताए । विभिन्न जिल्लाका जनतालाई भेटदै आज (सोमबार) सुर्खेत आएँ नेपालले थपे, ‘तराईको बास्तविकता मधेसी र त्यहाँ बसोबास गर्ने जनताको आन्दोलन नभएर, मधेस केन्द्रित दलको पो रहेछ, जहाँ आन्दोलनका नाममा संविधानबारे गलत टिप्पणी गर्दै मोर्चाले भम्र पैदा गर्ने काम गरिरहेका छन् ।’ मोर्चाले उठान गरेका जाहेज माग सम्वोन्धन गर्न आफूहरु सकरात्मक रहेको बताएका नेपालले आन्दोलनका नाममा जनतालाई दुःख नदिइ संवाद र छलफलबाट निकासतर्फ ध्यान दिन मोर्चालाई आग्रह गरे । मोर्चाले कहिले ८ बुदे, २५ बुदे र ७ बुदे मागका विषयमा फरक फरक धारणा राखेको टिप्पणी नेपालले गरे ।
अंगिकृत नागरिकता पाएको भरमा कसैलाई पनि देशको प्रमुख पदमा ल्याउन नहुने धारणा नेपालको थियो । ‘हामी जाती विखण्डन र विभेद चाहादैनौं’ नेपालले भने, ‘मधेसी पहाडमा आए वा हिमाली र पहाडी मधेसमा झरेको भरमा विभेद् गर्नु गलत कार्य हो, यसबारे सवैले ध्यान दिन आवश्यक छ ।’ तर मधेसी मोर्चाले विशुद्व विखण्डनको राजनीति अवलम्वन गरिहरहेका हुँदा कतै देशमा जातीय युद्व हुने होकी भन्ने शंका पैदा भएको नेपालले बताए ।
बेलायत र भारतको संयुक्त वक्तव्य जारी भएकोमा दुःख व्यक्त गर्दै नेता नेपालले नेपालको आन्तरिक विषयमा हस्तक्षेप गर्नु कटनीतिक मयार्दा विपरित भएको बताए । आफ्नो देशको आन्तरिक समस्या आफै मिलाउन सक्षम रहेको बताएका नेपालले बाह्य शक्तिले नयाँ संविधानको बारेमा अनावश्यक टिका–टिप्पणी गर्नु गलत भएको उल्लेख गरे । छिमेकी मुलुक भारतले नाकाबन्दी लगाएर नेपालले पाउनु पर्ने सामुद्रिक तटसम्मको अधिकार हनन गरेको बताए । उनले दुई मुलुकको जारी रहेको मित्रवत् सम्वन्ध कायम राख्न भारतलाई तत्काल नाकाबन्दी खोल्न आग्रह गरे ।
चीन, वंगलादेश लगायतका मुलुकबाट इन्धन ल्याउने विषयमा आफूहरु लागि परेकाले भारतसँग मित्रवत् व्यवहार यथावत राख्न पहली प्रयास जारी रहेको नेता नेपालले उल्लेख गरे । तर, नेपालको राष्ट्रिय स्वाभिमान झुक्ने कार्य नगर्ने उद्घोष नेपाल गरे ।













प्रतिक्रिया