काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार भएको वार्तामा मधेसी मोर्चासँग आइतबार भएको वार्ताको समिक्षा भएको छ । साथै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका प्रचण्डले मधेसी मोर्चाका माग सम्बोधनबारे प्रधानमन्त्री ओलीसमक्ष दुई प्रस्ताव राखेका छन् ।
प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काका अनुसार प्रचण्डले सीमांकनमा दुई विकल्प अघि सारेको र त्यसमा प्रधानमन्त्री ओलीले सहमति जनाएका छन् । प्रधानमन्त्रीको सहमतिपछि प्रचण्डले आजै मधेसवादी दलसँग छलफल गर्ने तयारी गरेका छन् ।
प्रचण्डले प्रस्ताव गरेका विकल्पहरुमा प्रमुख दलका शीर्षनेताहरुको राजनीतिक समिति बनाएर सीमांकनको विवाद टुंग्याउने र तराई मधेसका विवादित जिल्लाहरु विभाजन गर्ने रहेको छ ।












प्रतिक्रिया