काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच अलिधेरै वार्तालाप हुने गरेको छ ।
कांग्रेस संसदीय दलको कार्यालय होस् वा अन्य स्थानमा यी दुई नेताहरूबीच मुलुकको समस्यालाई लिएल अलिधेरै सम्वाद हुने गरेको हो ।
तिहारको टीकाको दोस्रो दिन कांग्रेस संसदीय दलको कार्यालयमा भएको वार्तामा पनि देउवा र यादवबीच अलिधेरै कुराकानी भएको थियो ।
कुराकानीका क्रममा नेता देउवाले अध्यक्ष यादवलाई नाकाबन्दी फिर्ता लिएर सहयोग गर्न भन्नुभएको थियो । तर यादवले हामीसँग होइन भारतसँग नाकाबन्दी खोल्न आग्रह गर्नुस् भनेर ठट्यौली भाषामा जवाफ दिनुभएको थियो ।
यस्तै दृश्य आइतबारको वार्ताका क्रममा पनि नेता देउवा र अध्यक्ष यादवबीच देखिएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा रहेको राज्यव्यवस्था समितिको कार्यकक्षमा भएको वार्तामा उहाँहरूबीच खुसुर–खुसुर कुराकानी भएको स्रोतको भनाइ छ ।
खुसुर–खुसुर कुराकानीमा नेता देउवाले अध्यक्ष यादवलाई तराईका जिल्ला नटुक्राउन भन्दै संघीय प्रदेशको सिमाङ्कनमा गम्भीर बन्न आग्रह गरेको स्रोतको भनाइ छ ।
नेता देउवाले अध्यक्ष यादवसँग तराई मधेसमा मिलेर बसेका जनतालाई विभाजन गर्न नहुँनेभन्दै सिमाङ्कनमा लचिलो हुन आग्रह गर्नुभएको थियो । तर अध्यक्ष यादवले नेता देउवाको प्रस्तावलाई ठाडै अस्वीकार गर्नुभएको छ ।
सिंहदरबारमा कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाबीच आइतबार वार्ता भएको थियो ।
बैठक सक्किने बेला नेताहरू बैठकस्थलबाट बाहिरिने बेलामा पनि नेता देउवा र अध्यक्ष यादवबीच सोही विषयमा अलि ठूलै स्वरमा भनाभन भएको थियो । उहाँहरूबीच भएको सौहार्दपूर्ण भनाभन पत्रकारहरूले समेत सुन्न भ्याए ।
देउवा र यादवको चर्को स्वर सुनेर त्ययतै तिर दौड्दै पुगेका थिए । तर पत्रकारहरूलाई देखेपछि दुबै नेता मौन बने । र भने, केही होइन यही सामान्य विषयमा कुराकानी भएको हो ।
उहाँहरूको वार्तालापमा तराईका जिल्ला नटुक्राउने, संघीय राज्यलाई अहिले केही नगर्ने तथा सिमाङ्कनमा कुरामा राजनीतिक सहमति जुटाउनुपर्ने विषयमा भएको प्रष्टै बुझिन्थ्यो ।
यादवलाई अहिले परैसम्म ल्याएर छाडी नेता देउवा अर्को बाटोबाट जानुभएको थियो ।
नेता देउवासँग छुट्टिनुभएका अध्यक्ष यादवले एमाओवादीको संसदीय दलको कार्यालय अगाडिको पार्किङस्थलमा झण्डै पौने घण्टा उभिएर बिताउनुभएको थियो ।
उहाँलाई एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले दिनुभएको थियो ।
यादव र श्रेष्ठबीच तराई मधेस आन्दोलन, जारी वार्ता र कसरी नाकाबन्दी सहज गर्ने विषयमा कुराकानी भएको स्रोतको भनाइ छ । त्यस बेला पनि उपाध्यक्ष श्रेष्ठले नाकाबन्दी फिर्ता लिन भन्नुभएको थियो ।
तर अध्यक्ष यादवले पनि पुरानै जवाफ दिनुभएको थियो । उहाँले नाकाबन्दी आफूहरूले नभए भारतले लगाएको संकेत गर्नुभएको थियो ।












प्रतिक्रिया