२२ कार्तिक २०८३, आइतबार

मधेसी मोर्चासँगको वार्तापछि उत्साहित कांग्रेसले किन बोलायो पदाधिकारी बैठक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २९ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्ता एवम् आगामी १३औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा मधेसी मोर्चाको माग र संघीय प्रदेशको सिमाङ्कनका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

मधेसी मोर्चाले सिमाङ्कनमा आफ्नो बटमलाईन रहेको भन्दै सो विषयमा कांग्रेसको धारणा माग गरेपछि पदाधिकारीको बैठक बस्न लागेको हो ।

मुलुकको समस्या, नाकाबन्दीको अन्त्य र जनजीवन सहज बनाउने उद्देश्यले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता सुरु गरेको छ ।

उसले आफूले संसदमा दर्ता गराएको समावेशी र निर्वाचन क्षेत्र निर्धाणसम्बन्धी आफ्नो प्रस्तावलाई अनुमोदन गराउने उद्देश्य पनि लिएको छ ।

कांग्रेस पदाधिकारीहरूको बैठक नौ बजेपछि सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बस्नेछ ।