२२ कार्तिक २०८३, आइतबार

भारतको नाकाबन्दी दुई साताभन्दा बढी नजाने: एमाले सचिव ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep-gyawaliभक्तपुर, २८ कात्तिक । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले देशमा हाल देखापरेको इन्धनको सङ्कट धेरै समय नरहने बताउनुभएको छ ।

नेकपा (एमाले) सूर्यविनायक नगर कमिटीले आज सिपाडोलमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले भारतको नाकाबन्दी दुई साताभन्दा बढी नजाने बताउनुभएको हो ।

बिहानको उज्यालोका लागि रातलाई कुर्नुपर्ने बताउँदै सचिव ज्ञवालीले भन्नुभयो, “रात जति लामो भए पनि बिहान हुन्छ, त्यो बिहानले उज्यालो लिएर आउँछ, अहिलेको भारतीय नाकाबन्दी रात हो, लामै रात भएपछि उज्यालो लिएर बिहान पक्कै आउँछ ।”

नाकाबन्दीबाट पाठ सिकेर अब नेपाल कृषि, ऊर्जा र यातायातका क्षेत्रमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै उहाँले यसका लागि एमाले नेतृत्वको वर्तमान सरकारले योजनाअघि बढाइरहेको बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अब भारतसँगको सम्बन्ध पुनः परिभाषित गर्नुपर्ने बताउँदै सरकारले आत्मनिर्भरमुखी नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य सानु सुवालले भारतले हजारौँ वर्ष नाकाबन्दी गरे पनि नेपाल भारतको गुलाम बन्न नहुने बरु स्वाभिमानलाई जोगाउँदै आर्थिक क्रान्ति र पुनःनिर्माणमा लाग्नुपर्ने औँल्याउनुभयो ।

पूर्व उद्योग मन्त्री महेश बस्नेतले मधेसवादी केही नेताले मधेसलाई टुक्र्याउन खोज्दा राष्ट्रिय एकता र अखण्डताका पक्षमा एमाले चट्टानी अभियानका साथ लाग्दा पनि काँगे्रसले विगतको सहमति तोडेर भारतीय उक्साहटमा लागेर धोका दिएको बताउनुभयो । रासस