३१ आश्विन २०८३, शनिबार

राजदूतमा कांग्रेस–एमालेको जुहारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Uml

काठमाडौं, १७ असार । सत्तारुढ कांग्रेस र एमालेका कारण राजदूत नियुक्ति थप ढिलाइ हुने भएको छ ।

१६ मुलुकमा राजदूत नियुक्तिहुन नसकेकै कारण नेपालको कूटनीति निकम्मा बन्न थालेको छ । पछिल्लो दिनमा राजदूत नियुक्तिका लागि एमाले र कांग्रेसका शिर्ष नेताहरूकाबीचमा पटक–पटक कुराकानी भएको भए पनि कांग्रेसले दाबी गर्दै आएको भारतमा राजदूत बनाएर पठाउन एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री सुशील कोइरालासमक्ष प्रस्ताव राखेपछि राजदूत नियुक्तिको प्रक्रिया कम्तिमा एक महिना लम्बिने भएको बालुवाटार स्रोतले बताएको छ ।

यसअघि कांग्रेसले भारत र अमेरिका आफूले पाउनुपर्ने माग राख्दै आएको थियो । तर भारतमा भारतीय जनता पार्टीको उदय र त्योस“ंगको नया“ं खाले सम्बन्धको विकास अनि अहिलेसम्म एमालेकातर्फबाट भारतमा कोही पनि राजदूत भएर नगएको प्रसंग उप्काउदै एमाले अध्यक्ष खनालले भारत एमालेले नै पाउनुपर्ने अडान राखेपछि नियुक्ति विवाद लम्बिएको हो ।

कांग्रेसले भारतका लागि दीपकुमार उपाध्यायलाई राजदूत बनाउन चाहेको थियो । तर एमालेले भने आफ्नो तर्फबाट दाबेदारी प्रस्तुत गरेको भए पनि कसलाई पठाउने भन्नेबारे नाम टुंग्याउन नसकेको जानकारी स्रोतले दियो । कम्तिमा एमाले महाधिवेशन अघि केही राजदूत हु“दैन, अमेरिकाबाट कोइरालाले फोन गरी कार्यबहाक प्रधानमन्त्री वामदेव गौतमलाई स्पष्ट भाषामा राजदूत र २६ मा मनोनयन नगर्न निर्देशन दिएपछि राजदूत नियुक्ति लट्किएको हो । तर, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले केही दिनअघि संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रकै केही सहसचिवहरूको अनुचित प्रतिस्पर्धाका कारण राजदूत नियुक्तिमा ढिलाई भइरहेको बताएका थिए ।

परराष्ट्रको सहसचिव हुने बित्तिकै राजदूत हुने अनुचित प्रतिस्पर्धाकै कारण राजदूत नियुक्तिमा ढिलाई भइरहेको बताउ“दै पाण्डेले यसैका कारण परराष्ट्र मन्त्रालय कमजोर बन्दै गएको बताएका थिए । कम्तिमा मन्त्रालयको एउटा महाशाखामा तीन बर्ष काम नगरेसम्म कुनै पनि सहसचिवलाई राजदूतमा नियुक्त गर्न नहुने भनाइ उनको थियो । स्मरण रहोस यसअघिपनि दृष्टिले यस बारेमा समाचार प्रकाशित गरिसकेको छ । केन्द्रलाई कमजोर तुल्याएर कूटनीति बलियो हु“दैन, उनले समितिमा भनेका थिए ।

राजदूत नियुक्ति प्रक्रिया ढिला हु“दै जा“दा सबैभन्दा धेरै सिट पाउने परराष्ट्रका कर्मचारीहरूकाबीच रोचक र घातक लबिङ चलिरहेको जानकारी दृष्टिलाई प्राप्त भएको छ । भर्खरै सहसचिव बनेकाहरू दुबसु क्षेत्री, प्रकाश सुवेदी र लोकबहादुर थापाले पनि आ–आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । राजदूत नियुक्ति ढिलो हु“दै गर्दा एकपछि अर्को गर्दै नाम काटिने र थपिने कार्य जारी छ भने परराष्ट्र मन्त्रालयबाट राजदूत नियुक्ति हुने सहसचिवहरूको सूचीमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक–फरक सूची पेश गरेपछि राजदूत नियुक्ति बिरबलको खिचडी बनेको हो ।