२२ कार्तिक २०८३, आइतबार

प्रचण्ड र कमल थापाले मनैदेखि मधेसी मोर्चालाई फकाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २७ कात्तिक । उच्चस्तरीय राजनीतिक समितिले नाकाबन्दी र आमहड्ताल गर्दै आएको मधेसी मोर्चासँग वार्ता र सम्वाद अगाडि बढाउनका लागि जिम्मेवारी तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको राजनीतिक समितिको बैठकले समितिका संयोजक एवम् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापालाई जिम्मेवारी दिएको हो । थापा सरकारी वार्ता टोलीका संयोजक पनि हुनुहुन्छ ।

बैठकम हालसम्म मधेसी मोर्चाको आन्दोलन र त्यसपछिको वार्ता तथा सम्वादमा भएका प्रयासहरूका विषयमा समीक्षा भएको थियो ।

समीक्षापछि वार्ता र सम्वाद अगाडि बढाउने राजनीतिक समितिले दाहाल र थापालाई जिम्मेवारी दिएको हो ।

एमाओवादीका अध्यक्ष एवम् समितिका संयोजक दाहालका स्वकीय सचिव चुडामणि खड्कका अनुसार दाहाल र थापाले मधेसी मोर्चासँग छलफल गरी ठोस वार्ता तथा सहमतिका लागि वातावरण बनाउनु हुनेछ ।

दाहाल र थापाले प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग पनि राजनीतिक परामर्श अगाडि बढाइ मुलुकलाई निकास दिन पहल गर्नेछ ।

मधेसी मोर्चाको आन्दोलन र त्यसलाई साथ दिने गरी भारतीय पक्षद्वारा भएको नाकाबन्दीको विषयमा आआफ्ना धारणा सार्वजनिक भइरहेका छन् । मधेसी मोर्चाले माग गर्दै आएका विषयलाई राजनीतिक रुपमा टुङ्ग्याउन सबै सहमत भएपनि सिमाङ्न पेचिलो बन्दै आएको छ ।