काठमाडौ, १७ असार । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम स्वास्थ्यमन्त्री खगराज अधिकारीले दुनियाँको कुनै पनि ताकतले केपी ओलीलाई एमालेको भावी अध्यक्ष बन्नबाट रोक्न नसक्ने ठोकुवा गर्नुभएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले ७५ प्रतिशत मत पाएर ओली अध्यक्षमा विजयी बन्ने दावी गर्दै वर्तमान पार्टी अध्यक्ष झलनाथ खनालले समेत ओलीलाई नै सहयोग गर्ने बताउनुभयो ।
साक्षात्कारमा अधिकारीले माधवकुमार नेपाल पार्टीमा विचारक नभई समन्वयकारी भूमिकामा मात्रै रहेको भन्दै पाँचौ महाधिवेशनदेखिनै जनताको बहुदलीय जनवादलाई परिस्कृत गर्दै अहिलेसम्मको अवस्थामा ल्याउने केपी ओली भएको बताउनुभयो ।
ओली समूहका सचिवका प्रत्यासी समेत रहेका नेता अधिकारीले भन्नुभयो– ‘माधवकुमार नेपाल विचारक होइन । छैठौ महाधिवेशनदेखि आठौ महाधिवेशनसम्म पनि माधवकुमार नेपालको कार्यनीतिक प्रस्ताव पेश भएको छैन । सबै विचार ओलीकै हो, त्यसैले नेतृत्व पनि उहाँले नै गर्नु पर्छ ।’
अधिकारीले चुनावमा माधवकुमार नेपालको सर्मनाक हार हुने दाबी गर्दै यस्तो हार बेहोर्नु भन्दा चुनाव नउठ्दै ठिक हुने सुझाव दिए । उहाँले हार हुने निश्चित अनुभव गरेपछि आगामी २२ गते नै नेपालले पनि ओलीलाई नै समर्थन गर्ने विश्वास ब्यक्त गर्नुभयो । ‘अन्ततः माधव नेपालनै ओलीको प्रस्तावक बन्नु हुन्छ, यसमा हामीलाई पूर्ण विश्वास छ ।’ ओलीले भन्नुभयो ।














प्रतिक्रिया