काठमाडौं, २७ कात्तिक । मधेसी मोर्चाको तीन महिनादेखिको लगातारको आमहड्ताल र दुई मिहनादेखिको भारतीय नाकाबन्दीले मुलुकको जनजीवन कष्टकर बनिरहेका बेला सरकारले राहत दिने भनेर दाउरा बिक्रीको योजना ल्याएको छ ।
तराईका जिल्ला र अन्य पहाडी जिल्लाबाट राजधानी ल्याइएका दाउरा सरकारले महँगो मूल्यमा बिक्री गर्ने तयारी गरेको छ । दाउरा आइतबारदेखि राजधानीका बिभिन्न स्थानमा बिक्री गर्ने तयारी गरिएको वनमन्त्री अग्नि सापकोटाले जानकारी दिनुभयो ।
‘आइतबारबाट प्रतिकिलो १७ रुपियाँका दरले दाउरा बिक्री गर्ने छौँ’, वनमन्त्री सापकोटाले भन्नुभयो, ‘ललिपुरको बालकुमारीमा दाउरा बेच्ने योजना बनाएका छौँ ।’
मन्त्री सापकोटाका अनुसार उपभोक्ताले एक पटकमा एक सय किलो दाउरा पाउनेछन् । अत्याधिक बल्ने दाउरा बिक्री गर्न आफूले निर्देशन दिएको सापकोटाले बताउनुभयो ।
नाकाबन्दी लाग्नुअघि दाउरा दशदेखि एघार रुपियाँमा पाइन्थ्यो । तर अहिले सरकारले त्यो मूल्यलाई छाडेर १७ रुपियाँमा बिक्री गरेर कमाउने योजना बनाएको आरोप उपभोक्ताको छ ।












प्रतिक्रिया