काठमाडौं, २७ कात्तिक । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले मिलेर बसेको नेपाली समाजलाई विभाजन गर्ने उद्देश्यले सिमाङ्कनको कुरा उठाइएको आरोप लगाउनुभएको छ ।
उहाँले हिमाल, पहाड र तपाईलाई मिलाएर संघीयता बनाउन नदिइ सामाजिक सद्भाव भड्काएर आफ्नो चाहना पूरा गर्न चाहने तत्वले मधेसमा खेलिरहेको दाबी गर्नुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (शुक्रबार) बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै रक्षामन्त्री रावलले सिमाङ्कनको कुरा उठाएर दीर्घकालमा मुलुक विभाजन गर्ने तत्वहरू सक्रिय रहेको बताउनुभयो ।
‘सिमाङ्कन हिमाल, पहाड र तराई मिलाएर बनाउँदा सामाजिक सद्भाव रहन्छ । संघीयता हुन्छ’, उहाँले भन्नुभयो, ‘सिमाङ्कनमा विवाद जिल्लामा होइन । दीर्घकालमा विभाज गर्ने र सामाजिक सद्भाव विथोल्ने हो । कुरा यहीँ विग्रिएको छ ।’
मधेसी मोर्चाको सिमाङ्कनको माग र विषयभित्र विभिन्न अदृश्य चाहन लुकेको रक्षामन्त्री रावलको आशंका थियो ।
उहाँले मुलुकलाई निकास दिन कुटनीतिक र राजनीतिक प्रयास भइरहेको बताउनुभयो ।
‘निकासका लागि नयाँ प्रयास गरिरहेका छौँ’, रक्षामन्त्री रावलले भन्नुभयो, ‘देशभित्रको आन्तरिक समस्या समाधान गर्ने । त्यसपछि भूपरिवेष्ठित देशले पाउने अधिकार प्रयोग गरी आपूर्ति गर्ने गरी प्रयास थालेका छौँ ।’
उपप्रधानमन्त्रीसमेत रहनुभएका राववले आन्दोलनकारी मधेसी मोर्चासँग वार्ता भइरहेको पनि बताउनुभयो । ‘निकासका लागि मधेसी मोर्चासँग बिहीबार पनि कुराकानी भएको छ’, उहाँले भन्नुभयो, ‘छिट्टै सहमति हुन्छ ।’












प्रतिक्रिया