२२ कार्तिक २०८३, आइतबार

मोदीको लन्डनमा बेइज्जत, नेपाली र भारतीयको विरोध प्रदर्शनले कालोनिलो भए मोदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi Ko Birodha London Nepaliकाठमाडौं, २६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनप्रति समर्थन जनाउँदै नेपालविरुद्ध नाकाबन्दी लगाउँदै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लन्डनमा चर्को विरोध भएको छ ।

बेलायतमा बसोबास गर्दै आएका नेपाली मुलका नेपालीहरूले बिहीबार मोदीविरुद्ध नारावाजी र प्रदर्शन गरेका हुन् । बीबीसीको नेपाली सेवाका अनुसार नेपालको राष्ट्रिय झण्डा र नेपाली पोशाकमा सजिएका नेपालीहरूले मोदी र भारतको नाकाबन्दीविरुद्ध नारावाजी गरेका थिए ।

मोदी आउने थाहा पाएपछि लन्डनको टेनडाउनमा जम्मा भएका हज्जारौँ नेपाली र भारतीयहरूले मोदीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले भूपरिवेष्ठित मुलुक नेपालमा अन्तर्राष्ट्रिय सन्धी र कानुन विपरित नाकाबन्दी लगाई दुःख दिएको आरोप भारतलाई लगाएका थिए ।

नेपाली र भारतीयहरूले मोदी र भारतको गतिविधि असंहिष्णु रहेको आरोप लागएका छन् । भारतीय प्रधानमन्त्री मोदी बेलायत भ्रमण आएको थाहा पाएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको सरकारी निवास र संसद भवन अगाडि जम्मा भएका नेपाली र भारतीय संघसंस्थाका प्रतिनिधिहरूले विरोध गरेको बीबीसी नेपाली सेवाका सम्वाददाता भगिरथ योगीले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।

मोदीको गलत नीति र व्यवहारको विरोधमा भारतीय नागरिकहरूले पनि नारावाजीका साथै विरोध प्रदर्शन गरेका हुन् ।  बिरोध भएपछि मोदी कालोनिलो भएको प्रत्यक्षदर्शी नेपालीहरूको भनाइ छ ।

Narendra-Modi-Dhoti

नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप रोक्नुपर्ने तथा नाकाबन्दी हटाएर पारवाहन अधिकार सूचारु गराउनुपर्ने लगायतका नाराहरू नेपाली तथा भारतीयहरूले लगाएको बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ ।

एनआरएएनका यूरोप प्रतिनिधि कुल आचार्यले भारतले अन्तर्राष्ट्रिय कानुन र सन्धी विपरित नेपालविरुद्ध नाकाबन्दी लगाई जनतालाई दुःख दिएकाले नाकाबन्दी खोली आपूर्ति सहज बनाउन दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताए ।

उनले भारतीय पक्षका कारण नेपालमा औषधि, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको चरम संकट परेकाले भारतलाई दबाव दिन र सो विषय अन्तर्राष्ट्रिय करणका लागि सहयोग पुगोस् भनेर लन्डनमा मोदीविरुद्ध प्रदर्शन गरेको बताए ।

भारतीय प्रधानमन्त्री बिहीबार औपचारिक भ्रमणका लागि लन्डन पुगेका हुन् । मोदीले लन्डनमा तीन दिन बिताउनेछन् ।