२२ कार्तिक २०८३, आइतबार

लमजुङमा जीप दुर्घटना हुँदा पाँच यात्रुको मृत्यु, दुईजना गम्भीर घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lamjung-map-लमजुङ, २६ कात्तिक । लमजुङमा बस दुर्घटना हुँदा पाँच जना यात्रुको मृत्यु भएको छ ।

बेसीशहर नगरपालिका १३ बेलौती बिसौना नजिकै भएको दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मनाङबाट लमजुङको बेसीशहर आउँदै गरेको ग १ ज ५५८८ नम्बरको बोलेरो जीप आज बिहान ३ बजेतिर सडकबाट २ सय मिटर तल खेतमा खस्दा दुर्घटना हुन पुगेको हो । बेसीशहरतर्फ आउँदै गरेको जीप दुर्घटनामा परेर बेसीशहर नगरपालिका–१३ चनौटे पुरानो घर भई हाल नवलपरासीको शिवनगर नगरपालिका कावासोती बस्दै आएका खुशीराम आले, बेसीशहर १३, चनौटेका मोसा तामाङ र भरत थापा, खुदी ९, अर्खले घर भई हाल चनौटेमा बस्दै आएका नन्दबहादुर गुरुङ र तनहुँ पुर्कोट घर भई हाल बेसीशहर १३ चनौटे बस्दै आएका बसन्त श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक शम्भूप्रसाद ढकालले बताए ।

मृत्यु भएका मध्ये भरत थापा नेपाली सेनामा कार्यरत् रहेको खुलेको पनि उनले बताए । उनका अनुसार मृतकहरुको शव पोष्टमार्टम्का लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको छ ।

दुर्घटनामा परेर बेसीशहर १३ चनौटेका हिरा घले र सेर्तुङ–१ धादिङ घर भई हाल चनौटेमा बस्दै आएका अक्कलबहादुर तामाङ गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार जीप सडकबाट झन्डै २ सय मीटर मस्र्याङ्दी नदीको छेउमा रहेको खेतमा खसेर दुर्घटना भएको हो । जीपमा यी ७ जनामात्रै सवार रहेको र चालकको पहिचान नभएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक केशवराज भट्ट र टेकबहादुर रावत सहितको प्रहरी टोलीले शव र घाइतेको उद्धार गरेको र गम्भीर घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा रिफर गरिएको बताईएको छ । चालकको पहिचान भई नसकेको र दुर्घटनाको कारण पनि नखुलेको प्रहरीले जनाएको छ ।