२२ कार्तिक २०८३, आइतबार

तराईमा दुई प्रदेश नबनाए मधेस समस्या समाधान नहुने उपप्रधानमन्त्री गच्छदारको ठोकुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-gachedarकाठमाडौं, २५ कात्तिक । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तिहारपछि आन्दोलनरत दलसँग वार्ता गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबको आयोजनामा आज खेलिएको देउसी भैलो कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले तिहारपछि आन्दोलनरत दलका शीर्ष नेता र प्रमुख दलका शीर्ष नेताबीच वार्ता हुने बताउनुभयो ।

उहाँले आफूले बुझाएको आठ प्रदेशको खाका नमान्दा अहिले यस्तो अवस्था आएको भन्दै सीमाङ्कनका बारेमा पुनर्विचार नहुँदासम्म मधेस समस्या समाधान नहुने ठोकुवा गर्नुभयो ।

गच्छदारले मधेसमा मेचीदेखि महाकालीसम्म दुई प्रदेश हुनुपर्ने आफ्नो धारणा भएको सुनाउँदै तीन ठूला दललाई मिलाएर सीमाङ्कन गर्ने बताउनुभयो ।

उहाँले देशको समस्या समाधान गर्न सबै दल गम्भीर हुनुपर्ने बेला आएको भन्दै संविधान संशोधन गरेर समस्या टुङ्याउनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री गच्छदारले नेपाल–भारत सम्बन्धमा देखिएको चिसोपना र नेपालीले नाकामा गरेको धर्नाका कारण मुलुकमा सङ्कट उत्पन्न भएकाले सबै एक हुनुको विकल्प नभएको उल्लेख गर्नुभयो । रासस