काठमाडौ, २५ कात्तिक । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले मुलुकको पछिल्लो समस्या समाधानको लागि नेपाली काग्रेसले अब सरकार, आन्दोलनरत मधेसी दल र छिमेकी मित्र राष्ट्रहरुवीच मध्यस्तथा गरेर बार्ताको लागि सहजीकरण गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रमपछि उनले प्रमुख ठूला तीन दल मिलेर सरकार बनाउँदा मुलुक सरकार भर्सेज मधेसको स्थितिमा पुग्ने भएकोले आफूहरु समस्या समाधानको लागि मध्यस्थ गर्न प्रतिपक्षमा बसेको स्पष्ट पारे ।
पौडेलले भने– ‘कांग्रेसको ओरिजिन नै मधेस भएकोले मधेसको जनताको विश्वास लिएर समाधान गर्ने नीति रहेको छ । हामी मधेस र कुटनीतिक सम्पर्कलाई अगाडि बढाएर गाँठो फुकाउन तयार छौ । ’
उनले थपे– ‘तीन दल एक ठाँउमा टासिदा मधेस भर्सेज सत्ता हुने भएकोले हामीले तीन दलको गठबन्धन छाडेका हौ । नेपाली कांग्रेसले सरकारको बार्ता टोलीमा बसेर भन्दा बाहिर रहेर बढी जिम्मेवारी लिन सक्छ ।’
मधेसमा अहिले खतरापूर्ण मनोबैज्ञानिक, भ्रम र मिस अन्डर स्टाण्डिङ्ग रहेको भन्दै नेपाली काग्रेसले अब संविधान बोकेर मधेस झरेर त्यहाँ गई भ्रम चिर्दै मधेस र अरु भूभागवीचको बढेको ग्याप कम गर्न लाग्ने बताए ।
पौडलेले भने– ‘मधेसमा आशंकाको घर बनेको छ । यसलाई मेट्नु पछृ । हाम्रो अहिलेको ध्येय नै यही छ । तराईको संबोदनशिलतालाई बुझ्नुपर्छ । भेदभाव र पक्षपात कसैलेपनि महसुस गर्न नपरोस । यस क्रममा हामी काग्रेस र मधेसको ग्याप पनि कम गर्छौ ।
उनले आफूले मधेसी नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, अशोक राई, लक्ष्मणलाल कर्णलगायतकालाई भेटेर कुराकानी गरेको भन्दै बिहीबार काग्रेसले मधेसी मोर्चाका नेताहरुसँग बार्ता गर्ने जानकारी दिए ।
पौडेलले सरकारले काग्रेससहित अन्य दलहरुसँग मिलेर काम गर्छु भने पनि अघिल्ला सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा भएको निर्णय उल्टाउने काम गरेर सरकारले नन को अपरेटिभ गतिविधी गरेको आरोप लगाए । उनले भने– ‘एक पटक बनाईसकेको कुरा किन उल्टाउने ?, यसले विश्वासमा संकट उत्पन्न गर्छ ।’












प्रतिक्रिया