३१ आश्विन २०८३, शनिबार

आज अर्जेन्टिनाले स्विट्जरल्याण्डको र बेल्जीयमले अमेरीकाको सामना गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

,world-cup-final5काठमाडौँ, १७ असार । ब्राजिलमा जारी २० औँ संस्करणको विश्वकप फुटबलअन्तर्गत आज मंगलवार राती र बुधवार विहान राउण्ड अफ सिक्सटिनका अन्तिम खेलहरु हुनेछन् ।

ती खेलमा राति पौने १० वजे अर्जेन्टिनाले र स्विट्जरल्याण्डको सामना गर्ने छ भने बधुवार विहान पौने २ वजे बेल्जीयम र अमेरीका भिड्नेछन् ।सत्प्रतिशत नतिजासहित लिग चरणमाबाट समूह एफको विजेता बनेको अर्जेन्टिना

लिओनल मेसीलाई साथमा लिएर मैदानमा उत्रिने भएको छ । विश्वकपको २० औँ संस्करणमा गोल विहिन नवनेका मेसी बेल्जीयमका लागि टाउको दुखाई बनेका छन् । समूहका तीन खेलमा जादुमय चार गोल गरिसकेका बार्सिलोनाका खेलाडी मेस्सी सर्वाधिक गोलकर्ता बन्ने अभियानमा छन् । मेसीकै भरोसामा टिकेको अर्जेन्टिना समूह ई को उपविजेता स्वीट्जरल्याण्डविरुद्धको खेलमा हावी हुने अनुमान गरिएको छ ।

समूहका खेलमा इक्वेडर र होन्डुरसमाथि उत्कृष्ट प्रदर्शन गरेको स्वीट्जरल्याण्ड पनि कमजोर मान्न सकिन्न । अर्जेन्टिनाको जितका पक्षमा वोल्दै आएका फुटवल पण्डितहरुको यो अनुमानलाई मेसीले कत्तिको टिकाई राख्ने हुन उनको आज बेलुकाको प्रस्तुतिले देखाउँने छ । जर्मनीमा व्यवसायीक फुटबल खेलीरहेका जेद्रान सकिरीलाई स्विस टोलीको मुख्य हतियार मानिन्छ । जारी विश्वकपमा ह्याट्रिक गर्ने सकिरी दोस्रो खेलाडी हुन् ।

राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा बुधवार पौने २ वजे बेल्जीयम र अमेरीकाबीचको खेल पनि रोचक हुने अनुमान गरिएको छ ।
तीन खेलमा चार गोल मात्रै गरेको समूह एचको विजेता बेल्जियमले एक गोलमात्र खाएकाले पनि उसलाई बलियो रक्षापंक्ती भएको टीम मानिएको छ । म्यान्चेस्टर सिटीका भरपर्दा रक्षक भिन्सेन्ट कोम्पानीको कप्तानीमा रहेको बेल्जीयम विरुद्धको खेल अमेरीकाको लागि निकै कठिन हुनसक्छ ।

विश्वकपका हरेक खेलमा सुधारींदै आएको अमेरीका पनि सहजै खेल सुम्पिने टोली होईन् । समुह चरणको खेलमा अनुभवी घानालाई हराउँदा पोर्चुगलसंग बराबरी गरेको टिम अमेरीका र बेल्जीयमबीचको खेल रोचक हुने अनुमान छ ।