३१ आश्विन २०८३, शनिबार

भारतमा नेपाललाई हिन्दूराष्ट्र बनाउने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-flag

काठमाडौ, १७ असार।  नेपाल र भारतका हिन्दूवादी संगठनसम्बद्ध अगुवाहरुको सम्मेलनले नेपाललाई हिन्दूराष्ट्र बनाउने घोषणा गरेको छ । भारतको गोवामा २० देखि २७ जुनसम्म चलेको एक सय २५ हिन्दूवादी संगठनको सम्मेलनले यस्तो घोषणा गरेको हो ।

 नेपाल धर्मसंकटको अवस्थामा रहेको निष्कर्षसहित सम्मेलनले हिन्दू राष्ट्रका लागि सबै आन्दोलनमा सहयोग र समर्थन गर्ने पनि निर्णय गरेको अाजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । गोवाको पोन्डास्थित रामनाथ देवस्थन भन्ने स्थानमा हिन्दू जनजागृति समितिका संरक्षक नगेश गड्डेले तृतिय अखिल भारतीय हिन्दू सम्मेलन आयोजना गरेका थिए ।

 सम्मेलनमा नेपालका तर्फबाट पंचाग निर्णायक समितिका पूर्वअध्यक्ष तथा राजदरबारका पूर्वनायव बडागुरुज्यु डाक्टर माधव भट्टराई सहभागी थिए । उनी हाल राप्रपा नेपालको केन्द्रीय सदस्य पनि छन् ।  राष्ट्रिय धर्मसभा नामक संस्थाका तर्फबाट प्रतिनिधित्व गरेका भट्टरार्इले २३ जुनमा सम्मेलनलार्इ सम्बोधन गर्दै नेपाललार्इ हिन्दू राष्ट्र बनाउन सहयोग र दबाबका लागि  भारतीय हिन्दूवादीलार्इ अाह्वान गरेका थिए । यो सम्मेलन तीन वर्षदेखि गोवामा हुँदै अाएको छ ।