काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी ओलीले आज पुनः मन्त्रिमणल विस्तार गर्नुभएको छ । मुलुकमा नाकाबन्दी लागेर सर्वसाधारणले सास्ती बेहोरीरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले आज राप्रपा नेपालको तर्फबाट मन्त्री भएका सांसदहरूलाई शपथ खुवाउनु भएको हो ।
शपथ लिनेमा स्थानीय विकास राज्यमन्त्रीमा कुन्ती शाही, भूमिसुधार मन्त्रालयको राज्यमन्त्रीमा बिक्रमबहादुर थापा र सहायकमन्त्रीमा दिनेश श्रेष्ठ रहेका छन् ।
स्थानीय विकास सहायक मन्त्रीमा विराज विष्टलाई प्रधानमन्त्री ओलीद्वारा शपथ खुवाइएको छ ।
योसँगै ओली मन्त्रिपरिषद् ३० सदस्यीय पुगेको छ । वर्तमान मन्त्रिपरिषदमा उपप्रधानमन्त्री ६ जना छन् ।
मन्त्री १७ जना तथा राज्यमन्त्री चार र सहायमन्त्री दुई जनाले शपथ लिएका छ ।












प्रतिक्रिया