काठमाडौं, २३ कात्तिक । सरकारले मधेस आन्दोलनका क्रममा पक्राउ परेका सबै नेता कार्यकर्तालाई छाड्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेषगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईका अनुसार बैठकले आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको मुद्दा फिर्ताको प्रक्रिया सुरु भएको औपचारिक जानकारी मधेसी मोर्चालाई गराउने निर्णय समेत गरेको छ ।
पक्राउ परेकामध्ये केही गम्भीर अपराधका मुद्दाका दोषी पनि छन् । जो राजनीतिक पावरमा सजायँ नपाएरै छुट्ने भएका छन् ।












प्रतिक्रिया