१२ कार्तिक २०८३, बिहिबार

भारतमा सुन तस्करी गर्ने व्यापारी एक किलो सुुनसहित बसबाटै पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldगोलबजार (सिरहा), २३ कात्तिक । सिरहाको लहानबाट एक किलो सुुनसहित एक व्यापारी आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका– ७ का राहुुल शारडा रहेका छन् ।

शारडा काठमाडौँबाट सुुन लिएर आउने क्रममा लहानस्थित सहिद चोकमा बसबाट ओर्लिने क्रममै पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुुर्वेदीले शङ्का लागेर अनुुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनुुभयो ।

उहाँका अनुुसार सुुन अवैध हो वा होइन् भन्ने विषयमा अनुुसन्धान भइरहेको छ । स्रोतका अनुुसार विकास ट्रेडर्सका प्रोप्राइटर विकास शारडाका भाइ राहुुलले विगत लामो समयदेखि सुुन भारत तस्करी गर्दै आएका छन् । रासस