१२ कार्तिक २०८३, बिहिबार

ट्याक्टर पल्टिदा चालक र कामदारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tractor-accidentगोलबजार (सिरहा), २३ कात्तिक । सिरहाको गोलबजार नगरपालिका– १४ बेतौनामा भएको ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

स१त ३२५६ नंको ट्र्याक्टरमा मैनाबत्ती नदीमा बालुवा लिएर फर्किने क्रममा ट्र्याक्टर पल्टिँदा गएराति स्थानीयवासी २० वर्षीय अरविन्द यादव र १८ वर्षीय सन्तोष महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनुुभयो ।

मृतक यादव ट्र्याक्टर चालक र महरा कामदार भएको प्रहरीले जनाएको छ । रासस