२२ कार्तिक २०८३, आइतबार

संसद बैठक बस्दै, आज पनि अबरोध हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, २३ कात्तिक । व्यवस्थापिका संसदको बैठक आज पन बस्ने तयारीमा छ । दिउँसो तीन बजेपछि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा विभिन्न कार्य सूचीमा छलफल हुने कार्यक्रम छ ।

यसअघि हिजो (आइतबार) बसेको बैठकमा मधेसी मोर्चाले आफूहरूका माग पूरा गर्नुपर्नेभन्दै सदन अबरोध गरेको थियो । मोर्चाका सांसदहरूले सदनमा नाराबाजी समेत गरेका थिए ।

अबरोपछि सभामुखले आजसम्मका लागि संसदको बैठक रोक्नुभएको थियो ।

उता, मधेसी मोर्चाले आजको बैठक पनि चल्न नदिने जनाएको छ । सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले माग पूरा नहुँदासम्म सदन चल्न नदिने बताउनुभयो ।