१२ कार्तिक २०८३, बिहिबार

उपप्रधानमन्त्री चित्रबहादुर केसी काण्डपछि भारतीय दूतावासको अर्काे विज्ञप्ति सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-ray-Indianकाठमाडौं, २२ कात्तिक । उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाको भनाईमा आपत्ति जनाएको भारतले फेरि अर्का मन्त्रीको अभिव्यक्तिलाई लिएर विज्ञप्ति जारी गरेको छ ।

दूतावासले आइतबार पनि एक खण्डन विज्ञप्ती निकाल्दै शनिबार उपप्रधान तथा महिला बालबालिकामन्त्री सिपी मैनालीले दिएको अभियव्यक्तिमा आपत्ति जनाएको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले हिमाल, पहाड र तराई अलग गराएर सामाजिक सद्भाव विगार्ने काममा भारत लागेको बताएका थिए । सोही अभिब्यक्तिमा भारतले आफ्नो राजदूतावासमार्फत आपत्ति जनाएको हो ।

‘यहाँ रहेको मूल समस्यबाट ध्यान हटाउनका लागि तथा भारत र नेपालबीचको सदियौं पुरानो ऐतिहासिक, पारिवारिक र सांस्कृतिक सम्बन्लाई धमिल्याउने गरी आएको यो निराधार र दुर्भावनापूर्ण अभिव्यक्तिको दूतावास निन्दा गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।

यसअघि शनिबार उपप्रधानमन्त्री चित्र बहादुर केसीको अभिव्यक्तिमा दूतावासले आपत्ति जनाएको थियो ।