२२ कार्तिक २०८३, आइतबार

नयाँ शक्तिमा बाबुराम र गगनको भीडन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-thapa-baburam-bhattraiकाठमाडौं, २२ कात्तिक । एकीकृत नेकपा माओवादी पार्टी परित्याग गरेर नयाँ शक्तिको अभियानमा लागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई धेरैले समर्थन गरेका छन् । केहीले भने कडा शब्दमा अलोचना गरेका छन् ।

नयाँ शक्ति निर्माणको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित नागरिक अगुवा भेलामा सहभागी भएका अन्य पार्टीका नेताहरुको नाम पनि बाबुरामसँग जोडिएको छ । जस्तै, नेपाली कांग्रेसका युवा नेता गगन थापा, एमाले नेतृ रामकुमारी झाक्री लगायतको नाम बाबुरामको नयाँ शक्तिसँग जोडिँदै आएको छ । कारण उनीहरु बाबुरामको आमन्त्रणमा उक्त भेलामा आफ्नो विचार राख्न गएका थिए ।

ती मध्ये एमाले नेतृ रामकुमारीलाई त धेरैले नयाँ शक्ति जान लागेको प्रचार गरेर हैरानै बनाए । त्यसपछि उनले एक विज्ञप्ति नै जारी गरेर ‘आफू कुनै शक्तिमा सहभागी हुन नलागेको र डाक्टर(बाबुराम) साहेबले बलाएर भेलामा उपस्थित भइ आफूले धारणा राखेको स्पष्ट पारिन् ।

त्यसैगरी उक्त भेलामा सहभागी कांग्रेस नेता गगन थापा र बाबुरामबीच त विचारमा भीडन्त नै पर्‍यो । गगनले नयाँ शक्तिको खुलेरै आलोचना गरे जसकारण बाबुरामको विचार उनको विचारबीच भीडन्त भयो । त्यो भीडन्त त्यतीमै सीमित रहेन् । अब त कांग्रेस नेता थापा हरेक कार्यक्रममा बाबुरामको नयाँ शक्तिको आलोचना गर्न थालेका छन् । आइतबार तेह्रथुमको वसन्तपुरमा प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले बाबुरामको नयाँ शक्तिको औचित्य नभएको बताए ।

भटराईतर्फ इगिंत गर्दै उनले पूराना र थाकेका नेताहरुले नयाँ राजनीतिक शक्ति निर्माण गर्न नसक्ने र गरिहाले पनि त्यो शक्तिले खासै अर्थ नराख्ने बताए । यसरी गगन बाबुरामको विचारको भीडन्त चल्दै आएको छ ।

उसो त बाबुरामको नयाँ शक्तिमा थुप्रै युवा नेताहरुको जमात रहेको सुनिन्छ । तर, युवा नेता थापाले भने बारम्बार बाबुरामको नयाँ शक्तिको अलोचना गर्दै आएका छन् ।