२२ कार्तिक २०८३, आइतबार

‘स्वाभिमानी नेपालीले भारतसँग झुक्नुहुँदैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

topbahadur_rayamajhi

– बसन्त श्रेष्ठ ‘छापेली’
अर्घाखाँची, २२ कात्तिक । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले यही सरकारमा नै कांग्रेससहित मधेसवादी दल सहभागी हुनुको विकल्प नभएको बताउनु भएको छ ।

उहाँले राष्ट्रिय सरकारको लागि गृहकार्य भैरहेको पनि बताउनुभयो । ‘राजसंस्थाको पक्षमा र संघीयताको विरोधमा रहेको कमल थापा र चित्रबहादुर केसी पनि सरकारमा सहभागी हुनुभयो,’ रिपोर्टर्स क्लव अर्घाखाँचीको साक्षात्कारमा रायमाझीले भन्नुभयोे, ‘संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कांग्रेस बाहिर बस्नु हुँदैन ।’

कांग्रेस र मधेसवादी दलका वरिष्ठ नेतासँग छलफल भैरहेको रायमाझीकोे दाबी थियो । ‘संविधानलाई कार्यान्वयन बनाउनु छ, त्यसैले प्रतिपक्षमा कोही बस्नु हुँदैन,’ उहाँले भन्नुभयो, ‘सरकारमा बसेरै सबै मुद्दाको समाधान गर्नुको विकल्प छैन ।’ सत्तासमीकरणमा कांग्रेसले राष्ट्रपति, एमालेले प्रधानमन्त्री र एमाओवादीले सभामुख लिने भद्र सहमति कांग्रेसले भंग गरेपनि अहिले सरकारमा आउनुको विकल्प नभएको उहाँको तर्क थियो ।

यस्तै अर्घाखाँची आवासीय उच्च माबिको रजत महोत्सवको उद्घाटन गर्दै रायमाझीले तराईको आन्दोलनकारी नेतासँग छलफल भैरहेकाले छिटै समाधान हुने दाबी गर्नुभयो । भारतको नाकाबन्दीप्रति सरकारले गम्भिर रुपमा लिएको बताउदै उहाँले भारतसँग सत्रुको जस्तो व्यवहार नभई कुटनीतिक तरिकाले समस्याको हल गर्न सरकार लागि परेको बताउनुभयो । भारतसँग झुक्न पनि नहुने तर्क गर्दै उहाँले भारतले जसरी नाकाबन्दी गरेको छ त्यो अन्तर्राष्ट्रिय पारवाहन सम्झौता विपरित कार्य भएको दाबी गर्नुभयो ।

एमाओवादी सचिव समेत रहेका रायमाझीले चीनबाट पेटोलियम पदार्थ ल्याउन चीनसँग सम्झौता गर्ने र नाका खोल्ने अन्तिम तयारीमा सरकार लागि परेको बताउनुभयो । उहाँलेले बाबुराम भट्टराईले पाटी छाडेर ठुलो भुल गरेको भन्दै नयाँ शक्ति सफल नहुने दावी गर्नुभयो । उहाँले मोहन वैद्य र नेत्रविक्रम चन्द विप्वलबीच पार्टी एकीकरण हुने तयारी भैरहेको खुलासा गर्नुभयो ।